खेलकुद
- Get link
- X
- Other Apps
पूर्व युवराज्ञी हिमानी शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला बैंककमा रहेका छन् ।
त्यहाँ विभिन्न पक्षीय गम्भीर वार्ता भइरहेको स्रोत बताउँछ । पूर्व राजा ज्ञानेन्द्र शाह भारत गएर उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटवार्ता गर्नु, त्यहाँबाट नरेन्द्र मोदीले आफ्ना दूत मंगलबार बैंकक पठाउनु, मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणलाई त्यागेर हिमानी मंगलबार नै बैंकक जानु र पार्टी एकतापछि मात्र स्वास्थ्योपचारमा जाने बताएका ओली बुधबार बैंकक जानुले गम्भीर षड्यन्त्र भइरहेको स्पष्ट छ ।
स्रोतका अनुसार यसपटकको बैंकक यात्रामा ओलीले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षसंग विभिन्न ‘जेन्टलम्यान एग्रिमेन्ट’ गर्दैछन् ।
भारतीय मात्र होइन चिनियाँ पक्षसमेत बैंककमा रहेको स्रोत बताउँछ ।
पूर्व दरबार निकट स्रोत भन्छ ‘माओवादीसंगको एकता अगाडि नै राजनीतिले केही कोल्टे फेर्न सक्छ । उद्धेश्य स्पष्टै छ ।’
नेपालमा राजसंस्थालाई कुनै सम्मानित स्थानमा राख्नका लागि एमाले अध्यक्ष ओली तयार देखिएका छन् ।
स्रोत भन्छ ‘भारतले समेत पनि कुनै न कुनै स्थान राजसंस्थालाई दिन सक्ने हो भने भवितब्य खतरा टर्न सक्ने देखिएको बताएको छ, चीनले समेत यसमा कुनै अवरोध गरेको छैन ।’
स्रोतका अनुसार भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख अनिल धसमान पनि बैंककमा छन् ।
पूर्वराजा ज्ञानेन्द्रको प्रतिनिधिका रुपमा हिमानीले सबै शक्तिलाई मान्य हुने गरी आफ्नो स्पेश खोजेको बताइएको छ ।
ओलीको बैंकक बसाइप्रति माओवादी केन्द्रका नेताहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले ओलीले आफूहरुलाई धोका दिन सक्ने सम्भावना रहेको बताएका छन् ।
स्रोत भन्छ ‘पटक पटक नेताहरु फेरेर उनीहरुलाई समर्थन गर्नुभन्दा ओलीलाई पाँच वर्षका लागि ढुक्कसंग कुर्सीमा राख्नका लागि कुनै न कुनै बिन्दूमा भारत र चीन सहमत भएका छन् ।’
केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पूर्वराजाको जस्तै विज्ञप्ति जारी गरिरहँदा तरंग फैलिएको छ ।
केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पूर्वराजाको जस्तै विज्ञप्ति जारी गरिरहँदा तरंग फैलिएको छ ।
राजनीतिक विष्लेषकहरु एमाले कहीं न कर्ही पुगेर पूर्व राजसंस्थासंग भद्र सहमति गरेर फर्किन सक्ने सम्भावना रहेको बताउँछन् ।
यदि यसो हो भने माओवादीसंगको एकता केही समय पर धकेलिने छ ।
स्रोत भन्छ ‘काँग्रेसलाई अलि पछाडि धकेल्न सक्ने हो भने सोचेका सबै अभिलाषाहरु पूरा हुन सक्नेछन् । त्यसका लागि एमाले कोसंग मिल्ने भन्नेमा अझै तय हुन सकेको छैन ।’
ओलीले भारत र चीनका प्रतिनिधि तथा ११ वर्षअघिको प्रमुख शक्तिसंग भेटेर आफूलाई सबैको लोकप्रिय भएको प्रमाणित गरेर फर्किने समेत स्रोतको दाबी छ
- Get link
- X
- Other Apps
Comments