खेलकुद

सक्कियो मन्त्रिपरिषद्को बैठक ! आजको निर्णयले देउवा सरकारको आयु झनै लम्बियो ..

सरकारले प्रदेश प्रमुख र अस्थायी मुकामबारे आज पनि निर्णय गरेको छैन । आज बसेको मन्त्रिपरिषद
बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गर्ने बताइएको थियो ।

तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताए । सम्भवतः आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने छ ।

संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । तर प्रदेश प्रमुख नतोकिँदा अझैसम्म परिणाम बुझाउन नपाएको निर्वाचन आयोगका पदाधिकारीहरू बताउँछन् ।
निर्वाचन परिणाम आयोगले प्रदेश प्रमुखलाई नबुझाएसम्म  निर्वाचन परिणाम घोषणा भएको मानिदैन र निर्वाचन परिणाम घोषणा नभएसम्म तत्काल सरकार बन्न सक्दैन । यस अर्थमा आजको मन्त्रिपरिषदको बैठक पश्चात देउवा सरकारको आयु झनै लम्बिएको छ । यस्तै अनेक समस्या भइरहने हो भने देउवा लामो समयसम्म सरकारमा टिकिरहने सम्भावना प्रवल बनेको छ ।

Comments