खेलकुद

प्रधानमन्त्री बन्न राजपाले सहयोग गर्नेसर्तमा एमालेले संबिधान संसोधनमा सहयोग गर्ने राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गराउनको लागि आफ्नो पार्टी गम्भिर रहेको बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘एमाले र राजपाबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, अहिले सम्बन्ध अत्यन्तै राम्रो भैरहेको छ, विगतमा राजपाका साथीहरु कांग्रेस र माओवादीको प्रलोभनमा फस्नुभयो, एकचोटी होईन, दुईचोटी फस्नुभयो, त्यही भएर अहिले उहाँहरुको बुद्धि आएको छ, कांग्रेस र माओवादी गठबन्धनले उहाँहरुको भाग पूरा गर्न सकेनन् र सक्दैनन पनि ।’ उनले आफूले पाएको सूचना अनुसार राजपा नेपालले सरकारलाई दिएको समर्थन पनि एक दुई दिनभित्रै फिर्ता लिन गैरहेको पनि जानकारी दिए ।

उनले आफूहरु बृहत सहमति निर्माण गरेर अघि बढ्न समेत तयार रहेको स्पष्ट पारे । अधिकारीले भने, ‘हामी आत्माआलोचित पनि हुन तयार छौं, हामीबाट गल्ती भएको हो भने क्षमा चाहन्छौं ।’ उनले अब राजपाको माँग सम्बोधन गर्नको लागि सबै दलहरुको सहमतिमा अघि बढ्नुपर्ने धारणा राखे ।

यद्यपी उनले असोज २ गते हुने प्रदेश नम्बर दुईको निर्वाचन अघि वर्तमान देउवा–प्रचण्ड नेतृत्वको गठबन्धनले संविधान संशोधनको लागि आधारभुत सहमति समेत कायम गर्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘एमालेले सकेन वा गरेन भनेर अब हामी गर्छौं भनेर भनेका कांग्रेस र एमालेले केही गर्न सक्दैनन् भन्ने कुरा कम्तिमा हामीलाई पहिल्यै थाहा थियो, अहिले आएर राजपाले पनि थाहा पायो ।’

नेता अधिकारीले संविधान संशोधन गर्न नचाहनेहरु कांग्रेस र माओवादी केन्द्रभित्रै रहेको पनि उनले अनौठो आरोप लगाए ।

‘प्रधानमन्त्रीका लागि बामदेव योग्यतम उम्मेद्धवार’

एमालेबाट अब प्रधानमन्त्री को बन्छ त भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्री बन्ने मान्छेको हाम्रो पार्टीमा कुनै कमी छैन ।’ अधिकारीले थपे, ‘बामदेव कमरेड पनि योग्यतम उम्मेद्धवार हुनुुहुन्छ, पार्टीको लाईनमा उहाँपनि प्रमको लागि उभिनुभएको छ ।’ यद्यपी उनले आफूहरुलाई अहिले प्रतिपक्ष नै प्रिय रहेको बताए । उनले भने, ‘हामी छिर्के हालेर सरकारमा जाने वा प्रधानमन्त्रीको लागि मरिहत्ते गर्दैनौं तर लेनदेन गरेर अघि बढ्दा राजपाले हामीलाई प्रधानमन्त्री  बनाउन तयार हुनुपर्छ

अधिकारीले आफ्नो पार्टीले आम निर्वाचनमा बहुमत हाँसिल गरेर नै सरकार सञ्चालन गर्ने उद्देश्य लिएको समेत जनाए । उनले भने, ‘यो बीचमा हामी सरकारमा सहभागी हुने खेलमा छैनौं

x

Comments