खेलकुद

बामदेब गौतमलाई प्रधानमन्त्री बन्न सहयोग गरे एमालेले संबिधान संसोधन गर्न सहयोग गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गराउनको लागि आफ्नो पार्टी गम्भिर रहेको बताएका छन् ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘एमाले र राजपाबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, अहिले सम्बन्ध अत्यन्तै राम्रो भैरहेको छ, विगतमा राजपाका साथीहरु कांग्रेस र माओवादीको प्रलोभनमा फस्नुभयो, एकचोटी होईन, दुईचोटी फस्नुभयो, त्यही भएर अहिले उहाँहरुको बुद्धि आएको छ, कांग्रेस र माओवादी गठबन्धनले उहाँहरुको भाग पूरा गर्न सकेनन् र सक्दैनन पनि ।’ उनले आफूले पाएको सूचना अनुसार राजपा नेपालले सरकारलाई दिएको समर्थन पनि एक दुई दिनभित्रै फिर्ता लिन गैरहेको पनि जानकारी दिए ।

उनले आफूहरु बृहत सहमति निर्माण गरेर अघि बढ्न समेत तयार रहेको स्पष्ट पारे । अधिकारीले भने, ‘हामी आत्माआलोचित पनि हुन तयार छौं, हामीबाट गल्ती भएको हो भने क्षमा चाहन्छौं ।’ उनले अब राजपाको माँग सम्बोधन गर्नको लागि सबै दलहरुको सहमतिमा अघि बढ्नुपर्ने धारणा राखे ।

यद्यपी उनले असोज २ गते हुने प्रदेश नम्बर दुईको निर्वाचन अघि वर्तमान देउवा–प्रचण्ड नेतृत्वको गठबन्धनले संविधान संशोधनको लागि आधारभुत सहमति समेत कायम गर्न नसक्ने ठोकुवा गरे । उनले भने, ‘एमालेले सकेन वा गरेन भनेर अब हामी गर्छौं भनेर भनेका कांग्रेस र एमालेले केही गर्न सक्दैनन् भन्ने कुरा कम्तिमा हामीलाई पहिल्यै थाहा थियो, अहिले आएर राजपाले पनि थाहा पायो ।’

नेता अधिकारीले संविधान संशोधन गर्न नचाहनेहरु कांग्रेस र माओवादी केन्द्रभित्रै रहेको पनि उनले अनौठो आरोप लगाए ।

‘प्रधानमन्त्रीका लागि बामदेव योग्यतम उम्मेद्धवार’

एमालेबाट अब प्रधानमन्त्री को बन्छ त भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्री बन्ने मान्छेको हाम्रो पार्टीमा कुनै कमी छैन ।’ अधिकारीले थपे, ‘बामदेव कमरेड पनि योग्यतम उम्मेद्धवार हुनुुहुन्छ, पार्टीको लाईनमा उहाँपनि प्रमको लागि उभिनुभएको छ ।’ यद्यपी उनले आफूहरुलाई अहिले प्रतिपक्ष नै प्रिय रहेको बताए । उनले भने, ‘हामी छिर्के हालेर सरकारमा जाने वा प्रधानमन्त्रीको लागि मरिहत्ते गर्दैनौं तर लेनदेन गरेर अघि बढ्दा राजपाले हामीलाई प्रधानमन्त्री  बनाउन तयार हुनुपर्छ


Comments