खेलकुद

झापामै एमाले कमजोर देखिएपछि केपी ओली तनाबमा

ओलीको गृह नगरमा एमाले र माओवादीको रोचक प्रतिस्पर्धा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा एमाले र माओवादीबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।
झापामै एमाले कमजोर देखिएपछि केपी ओली तनाबमा देखिएका  छन्
एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओली ५८ मतका साथ अहिलेसम्म पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका रेवतराज पुरी १ मतको अन्तरले दोस्रो स्थानमा छन् । उनले ५७ मत ल्याएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार रामबहादुर थापाले ३५ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसका ढुण्डीराज भण्डारीले २८ मत मात्र प्राप्त गरेका छन् ।

मसालका सहितकुमार शाहले २ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै अग्रता छ । नेपाली कांग्रेसको मत दोस्रो स्थानमा छ । नेकपा एमालेकी उपमेयरकी उम्मेद्वार गीता अधिकारीले ६२ मत ल्याएर अग्र स्थानमा रहन सफल भएकी छिन् भने नेपाली कांग्रेसकी उपमेयर उम्मेद्वार रेगिना भट्टराईले ४५ मत ल्याएर दोस्रो स्थानमा छिन् । माओवादीकी उपमेयर उम्मेद्वार शान्तिदेवी धिमाल ३७ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । राप्रपाकी उपमेयर उम्मेद्वार रिता श्रेष्ठले ३० मत ल्याएकी छिन् ।

अहिले वडा नं १ को गणना गरिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिलेसम्ममा वडा नं १ को अध्यक्षमा पनि एमालेले नै अगाडि छ । एमाले ५४, राप्रपा ४९, नेपाली कांग्रेस ३६ र माओवादी केन्द्रले ३० मत ल्याएको छ ।

Comments