खेलकुद

प्रचण्डले मुखभरिको जबाफ दिएपछि केपी ओली रातोपिरो हुँदै झलनाथसँग कानेखुसी गरे

काठमाडौं, जेठ २३ । प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा प्रतिपक्षी एमालेले भ्रम र कुतर्क छरेको भन्दै निकै कडा प्रतिक्रिया दिएका छन् ।
भावुक र कडा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले कुतर्क गरेको बताए । उनले एमालेलाई प्रश्नगर्दै भने– सदन अवरोध गर्नु कुन चाहिँ लोकतान्त्रिक विधि थियो । सदन अवरोध गरेर के चाहिँ पाउनु भयो ? उनले संसदलाई सम्बोधन गर्ने क्रममा ओलीलाई प्रतिप्रश्न गर्दै भने, ‘निर्वाचन आयोगको क्षेत्राधिकार मिचेर संसद अवरोध गरेर के पाउनु भयो ?’ उनले थपे, ‘महाअभियोग अवरोध फिर्ता लिने पनि हामीले कुरा गरेकै थियौं तर संसद अवरोध गरेर महाअभियोग फिर्ता लिने समयलाई किन लम्ब्याउनु भयो ? यसको जवाफ दिनै पर्छ । 
’प्रधानमन्त्री निकै आक्रामकरुपमा प्रस्तुत भएका छन् । उनले अझै अगाडि भने, विपक्षी दलका नेताले ममाथि आलोचना गरेका छन् । माओवादीले संयमता नअपनाएको भए देशैभरी मत च्यात्न सक्ने भन्दै प्रचण्डले इतिहास हेर्न सुझाव दिए । हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न गर्ने, कति प्रमाण चाहियो भन्न्स् । कसैले छातीमा हात राखेर भनोस्, के मैलै दृढ इच्छाशक्ति नदेखाएका भए नेपालमा सेना समायोजन हुन्थ्यो ? के देश यहाँ आइपुग्थ्यो ? अहिले भरतपुरको घटनालाई तुच्छ राजनीतिक लाभका लागि प्रयोग गर्ने ?
बालुवाटारबाट भरतपुरको घटना घटाइएको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्रीले आफूले भरतपुरको घटनामा मतपत्र च्यातिनु गलत भएको बताउँदै निर्वाचन आयोगलाई छानबीनका लागि आग्रह गरेको बताए । उनले आफूले देशलाई अग्रगामी दिशामा लैजान ठूलो त्याग र संघर्ष गरेको प्रसंगमा सेना समायोजनको कुरा झिकेका थिए ।प्रतिपक्षले जुन काम पनि आफूले गरेको भनेको उल्लेख गर्दै प्रचण्ड एकाएक आक्रोशित भए । सम्बोधन क्रममा प्रचण्डले कडा भावमा भने, “सबै हामीले बनाएको हो, टुटी मात्रै खोलेको हो प्रचण्डले” भनेर ओलीले भने । मे सोध्न चाहुन्छ– के हामीले टुटी मात्रै खोलेको हो ? यस्ता वाहियात कुरा गर्ने ? यस्ता भाषण तपाईका लागि पनि ठीक हुँदैनन् । ‘हुनत काम गर्नेलाई हुने हो लाज, काम नगर्नेलाई के को लाज हुन्छ र’ प्रचण्डले ओलीतर्फ प्रश्न तेस्र्याएका छन् । आफ्नो कार्यकालमा भएको काम पनि ओलीले आफुले नै गरेको भन्दै प्रचार गरेको दुःख लागेको प्रचण्डले बताएका छन् । ‘धारा ओलीले बनाएको भन्दै टुटि मात्रै प्रचण्डले खोलेको भन्नु ओली आफै गलत हुन्’ प्रचण्डले भने ।
प्रधानमन्त्रीले अगाडि भने, “मैले त झन यी काम हामीले गर्न खोजेका थियौं, तपाईले पुरा गर्नुभएछ, धन्यवाद भनेर भन्लान भन्ने सोचेको, यहाँ त टुटी मात्रै खोलेको, हामीले सबै गरिसकेका थियौं भन्ने किसिमले भनियो ? यस्तो कुतर्क गरेर के पाउनुहुन्छ ? के यही हो लोकतान्त्रिक चरित्र ?”प्रचण्डले मुखभरिको जबाफ दिएपछि केपी ओली रातोपिरो हुँदै झलनाथसँग कानेखुसी गरे

Comments