खेलकुद

सिमासुबेदीले नेपालीलाई अपमान गर्दा खुसि हुने एमाले यिनै हुन् जसले एमालेनिकट अनलाइनमा लेखनै छपाए

-बिष्णुमणि अधिकारी, दक्षिण कोरिया


नेपालीहरुलाई आफ्नो औकात कसैले देखाइदियो भने कति रिस उठ्दो रहेछ भन्ने कुरा सुवेदी काण्डले देखाइदियो ।
हो सहि भन्यौ सिमा नेपालीहरु भाँडा माझ्छन् । अक्सर नेपाली पुगेका देशमा भाँडा नमाझ्ने नेपालीहरु बिरलै होलान । अझै, खाडि देशमा गाडी धुने देखि घरका पालेपनी नेपाली नै छन् ।साइप्रस, इजरायल तिर बुढाबुढिको हेरचाह गर्नेदेखि घर सफा गर्ने पनि हाम्रै नेपाली छन । कोरियाकै कुरा गर्ने हो भने बारिमा तरकारी टिप्ने देखि हजारौं नेपालीहरु गाई फार्म ,कुखुरा फार्म , बंगुर फार्म लगायत दिनभरी फलामको काम (जुन काम नेपालमै गर्ने हो भने पानी चल्दैन) देखि फोहोर रिसाइकल गर्ने काम पनि नेपालीले गर्छन् ।
स्नातक , स्नाकोक्तर पास गरेका नेपाली विद्यार्थीहरु पनि भाँडा माज्छन् । समग्रमा यस्तै यस्तै काम गर्ने नेपालीहरु धेरै देशमा छन् । अनि आफ्नै घरको झगडामा यो दल र उ दल बनेर थपडी बजाँउछन । आफ्नो देशको बिषयमा अरुले बोलेको त सुन्न पनि सक्दैनन् तर अरुको कुरामा यति चासो दिन्छन् कि लाग्छ संसारभरिका न्यायाधीश हाम्रै नेपालमा छन् ।
सायद अरुको बारेमा भन्दा आफ्नो बारेमा सोचिदिएको भए आज नेपाल अबस्य यो ठाउँमा हुदैनथ्यो । कृपया त्यसैले आफ्नो बारेमा अरुले केही भनेको मन पर्दैन भने अरुको बारेमा पनि आफू चुप बस्नु पर्छ ।
सिमालाइ मात्र गाली गर्दागर्दै थाक्नुभएका दाजुभाइ दिदिबहिनीहरु आउनुस मिलेर मलाइ पनि गाली गर्नुस । म गाली खान तयार छु ।


जय नेपाल

Comments