खेलकुद

एमालेको चुनाबी प्रचारमा भारतीय गाडीको प्रयोग: रास्ट्रबादी भनेर प्रचारगर्ने कार्यकर्ता लाजले पानीपानी भए


काठमाडौँ, आषाढ ६ | देश निर्वाचनमय बनेको छ | राजनीतिक दलहरु आ-आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसारमा ब्यस्त छन | यसै सिलसिलामा आइतबार दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन झापादेखि मोरङ, सुनसरी हुँदै प्रदेश नम्बर २ प्रवेश गर्दा बाटोमा धेरै दृश्य देख्न पाइयो।
हेर्दै जादा निर्वाचन आयोगको आचार संहितालाई नेकपा एमालेले यसरी धज्जी उडाएको देखियो। पहिलो चरणको निर्वाचनमा पहिलो दल बनेको एमालेलाई निर्वाचन आयोगले केहि गर्न सकेको छैन | सुनसरीको लौकहीस्थित कोशी गाउँपालिकाको उम्मेदवारी दर्ता गर्ने ठाउँमा देखिएको भारतीय नम्बर प्लेटका गाडीमा स्पष्ट देख्न सकिन्छ सूर्य चिह्न अंकित झण्डा फहराइएको। तर कसैले त्यसको बिरोध गरेको थिएन |
रास्ट्रबादी भनेर प्रचार गर्ने कार्यकर्ता लाजले पानीपानी भए

Comments