खेलकुद
- Get link
- X
- Other Apps
अछाम : अछामको मेल्लेख गाउँपालिक ७ स्थित दुर्गादेवी मावि नन्देगडा मतदान केन्द्रमा एजेन्टले एक अशक्त महिलाको मतपत्र खोसेर मतदान गरेपछि तनाव भएको छ । एमालेका एजेन्ट रामबहादुर बुढाले अशक्त महिलाको मत खोसेर मत खसाल्दा विवाद सिर्जना भएपछि केही समय उक्त केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको हो । एजेन्टले मतदान गरेको १५ मिनेट तनाव भएपनि केही बेरमै असक्तको मत परिवारका सदस्यले मात्र गर्ने हमति भएपछि पुनः मतदान सुरु भएको छ । मतदान अधिकृत र राजनीतिक दलका एजेन्टबीच अशक्त मतदाताको मत परिवारका सदस्यले मात्र दिन पाउने सहमति भएपछि पुनः मतदान सुरु भएको हो ।
- Get link
- X
- Other Apps

Comments