खेलकुद
केपि प्रधानमन्त्री हुनुभन्दा ४ बर्षअघि सुरुभएको रेलमार्गलाई केपीको सपना भन्नु हास्यास्पद प्रोपोगान्डा
- Get link
- X
- Other Apps
काठमाडौं । नेपालमा यतिबेला रेलमार्गको चर्चा चलिरहेको छ । ८७ वर्षअघि राणाकालमा निर्माण भएको जनकपुर–जयनगर रेलवे भग्नावशेषमा परिणत भएको छ । जयनगर–जनकपुर (५१ किमि) साढे चार वर्षयता बन्द छ ।
नेपाल सरकारको १ असार ०६८ को निर्णयअनुसार रेल तथा मेट्रो रेलको पहिचान, विकास र निर्माणका लागि भन्दै छुट्टै रेल विभाग गठन भएको छ । विभाग गठन भएको पाँच वर्ष भइसकेको छ ।
त्यसपछि नेपालमा रेल सपना दौडिएको छ । यो सपना सार्थक हुने विश्वाससहित रेल विभागले काम अगाडि बढाइरहेको जनाएको छ । तर २०७२ असोज २४ गते प्रधानमन्त्री केपी ओली भने नेपालमा रेल भन्ने कुरा आफुले पहिलोचोटी सुनाएको जस्तो गरी प्रचार गर्न व्यस्त छन् भने कार्यकर्ताले यो प्रोपोगान्डामा भरपुर साथ् दिएको देखिन्छ केपी ओलीको सपना भनेर प्रचार गर्न सकियोभने नेपालमा रेलको व्यापक बिकासभएपछी केपिओलिको सपना र एमालेको योजना भनेर प्रचार गरि चुनाब जित्ने दिर्घकालिन योजना देखिन्छ
नाकाबन्दीले देसमा चरम संकट परेको बेला उडन्ते गफ हानेर पानीजहाज र रेल भन्दै उखान टुक्का सुनाउनु दैनिकी बनाएका ओलीलाइ सामाजिक संजालमा व्यंग्य गर्नेको ठुलो जमात थियो तर एमाले र ओलीले नेपालमा कहिल्यै रेल आउदैन भनेर अरु उडाए भनेर यो ओलीको सपना भन्छन तर पहिलेनै रेल विभागले कम अघि बढाइसकेको अबस्थामा गलत हल्ला चलाएर राजनीतिक फाइदा लिन खोज्नु दुर्भाग्य हो
यस बीचमा रेलसेवा विस्तारका लागि विभागले सम्भाव्यता अध्ययनदेखि ट्र्याक खोल्ने काम गरिरहेको विभागका सिनियर डिभिजनलइन्जिनियर प्रकाश उपाध्याय बताउँछन् । यिनै उपाध्यायले सञ्चार माध्यममा सिंगापुरबाट छुटेको रेल नेपाल हुँदै युरोपसम्म पुग्ने बताए ।
सिंगापुरबाट छुटेको रेल नेपाल हुँदै युरोप पुग्न सक्छ भन्ने प्रमाणित चीनको रेल बेलायत पुगेबाट पनि पुष्टि हुने उनले राजधानी दैनिक पत्रिकासँग दाबीका साथ भनेका छन् । ‘यदि हामीले बनाएको योजनाअनुरूप काम अगाडि बढ्यो भने यो केही वर्षमै सम्भव छ,’ उपाध्यायले भने, ‘अहिले ट्रान्स-एसियन रेलवे नेटवर्कको अवधारणाअनुरूप काम भइरहेको छ । एसिया क्षेत्रका देशहरूलाई छिचोल्दै रेल युरोपसम्म पुग्दै छ ।’
यो मार्गले २८ वटा देशको १ लाख १७ हजार ५ सय किलोमिटर दुरी पार गर्दै युरोपसम्म पुग्नेछ । ‘हामीलाई यो अवधारणमा सहभागी नभई सुखै छैन,’ उपाध्यायले भने, ‘हाम्रा छिमेकीहरू यसमा जोडिँदै विकासको गतिमा अगाडि बढ्दै गर्दा हामी पनि यसमा जोडिनुपर्नेछ ।’ चीनको पुरानो सिल्क रोडको अवधारणासँग नजिक यो रेलमार्गलाई चार भागमा विभाजन गरिएको छ । उत्तरी करिडोरले युरोप प्रशासन क्षेत्रलाई जोड्नेछ ।
त्यस्तै, दक्षिणी करिडोरले दक्षिण एसियालाई युरोपसँग जोड्नेछ । यो रेलमार्ग हुँदै सिंगापुरबाट छुटेको रेल मलेसिया–चीनको युनान प्रान्त, म्यानमार, बंगलादेश, भारत, पाकिस्तान, इरान, टर्की हुँदै युरोप पुग्नेछ । अहिलेसम्म नेपालमा रेलमार्ग नभएको कारणले यो करिडोरको नेटवर्क लाइनमा नेपाल देखिँदैन । यो नेटवर्कको मिसिङ लाइनमा नेपाल छ ।
त्यस्तै, उत्तर–दक्षिण करिडोरले युरोपसँग पर्सियाको गल्फलाई जोड्नेछ । १० नोभेम्बर २००६ मा दक्षिण कोरियाको बुसानमा भएको एक साता लामो सम्मेलनले यस सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । ४१ देश सहभागी सम्मेलनमा नेपालले समेत भाग लिएको थियो । यो रेल मार्गमा अहिले सञ्चालनमा रहेको ट्रान्स साइबेरियन रेलमार्ग समावेश छ । यही रेलमार्ग भएर चीनको रेल बेलायत पुगेको हो ।
नेपालमा द्रुत गतिमा रेलमार्ग निर्माण भएसँगै यो लाइनमा नेपाल पनि समावेश हुने उपाध्यायले जानकारी दिए ।यो बाहेक नेपालको मेची–निजगढ–हेटौंडा–काठमाडौं–केरुङ–मंगोलिया–रसिया रेलमार्गमा जोडेर ट्रान्स साइबेरियन रेलमार्गसँग जोड्न पनि सकिने उनले जानकारी दिए । करिब ४ हजार किलोमिटर दुरीको ट्रान्स साइबेरियन रेल्वे संसारकै सबैभन्दा लामो दुरीको रेल लाइन हो ।
युरोपसँगको व्यापारका कारण पछिल्लो समय विश्वका हरेक रेलमार्गहरू ट्रान्स साइबेरियन रेलमार्गसँग जोडिने गरी डिजाइन गर्न थालिएका छन् । रेल विभागले यसैलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय मापदण्डमा मेची–महाकाली रेलमार्गको डिजाइन गरिहेको उनले जानकारी दिए । नेपालमा राजनीतिक परिस्थिति सहज भए ८ वर्षभित्र नेपाली रेल युरोपसम्म पुग्ने उनले दाबी गरे ।
‘विश्वमा जति ठूला परियोजना सम्पन्न भएका छन् ती सबै पाँच वर्षभित्र सम्पन्न भएका छन्,’ उपाध्यायाले भने, ‘नेपाल पनि यस अवधिमा यो परियोजनामा जोडिन सक्छ ।’ २०१७ को अन्त्यमा नेपालमै भारतीय रेल विभागका अनुसार यतिबेला पूर्व–पश्चिम रेल मार्गअन्तर्गतको बर्दिबासदेखि पश्चिम खण्डको २५ किलोमिटर रेलको लिकलाई ट्र्याक खोल्ने काम धमाधम भइरहेको छ ।
उपाध्यायका अनुसार मेची–महाकाली रेलमार्गको करिब ९ सय ४५ किलोमिटरको लम्बाइ मध्ये बर्दिबास खण्डको काम ०७१ सालबाट सुरु भएको हो । यो खण्डमा नौवटा स्वदेशी निर्माण कम्पनीले नौ प्याकेजमा सिभिल निर्माणको काम गरिरहेका छन् । यस खण्डका लागि कुल ४ अर्ब रुपैयाँको लागतमा पुल, कल्भर्ट निर्माण, रेल ट्र्याकमा माटो उठाउने, लिकभन्दा तलको आधार तयार गर्नेजस्ता सिभिल निर्माणका काम भइरहेका छन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सन् २०१० मा भएको भारत भ्रमणका क्रममा भारत सरकारले पाँचवटा सहरमा रेलको लिक विस्तार गरिदिने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही प्रतिबद्धताअनुरूप भारतले विराटनगर र जनकपुरसम्म दुई वर्षमा रेल ल्याउने गरी काम गरिरहेको छ । जोगबनी– विराटनगर खण्डको (१३ किलोमिटर) र जयनगर–बर्दिबास (७० किलोमिटर) खण्डमा भारतले काम गरिरहेको छ ।
बर्दिबाससम्म आइपुग्ने सो रेललाई पूर्वपश्चिम रेलमार्गमा जोड्नका लागि बर्दिबासदेखि पश्चिम २५ किलोमिटरको ट्र्याक खोल्ने काम विभागले गरिरहेको उनले बताए । सन् २०१७ को अन्त्यसम्म जनकपुरसम्ममा रेल आइपुग्ने विभागले जनाएको छ ।
भारतले जनकपुर–जयनगर रेलको ट्र्याकलाई प्रयोग गरेर बर्दिबाससम्म रेल ल्याउन लागेको हो । त्यस्तै, सन् २०१८ को अन्त्यमा विराटनगरसम्म रेल गुडाउने गरी काम भइरहेको विभागले जनाएको छ ।
त्यसका लागि भारत सरकारले विशेष अनुदानमार्फत करिब ८ अर्ब रुपैयाँ खर्च गर्दै छ । यो सँगै भारतले काँकडभिट्टा, भैरहवा र नेपालगन्ज नाकामा पनि रेल सेवा विस्तार गर्ने बताएको छ । नेपाल सरकारले पूर्वपश्चिम रेलमार्गलाई राष्ट्रिय गौरवको योजनाको रूपमा अगाडि सारेको छ ।
पूर्वपश्चिम रेलमार्गअन्तर्गत चितवन खण्डमा चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा प्रभाव पार्ने भन्दै असहमति जनाएको छ । सिनियर डिभिजनल इन्जिनियर उपाध्यायका अनुसार सिमरा–ठोरी–धुब्रपोस्ट हुँदै तम्सरियाका लागि तय भएको रुट निकुञ्जकै असहमतिका कारण निजगढ–हेटौंडा–भरतपुर हुँदै तम्सरियासम्म पुर्याउने गरी अर्को अध्ययन भएको छ
- Get link
- X
- Other Apps

Comments