खेलकुद

काठमान्डौमा सालोपछि केपीले दमकमा पेलेरै बनाए आफ्नै भतिज मेयर उम्मेदवार

दमक : राजनीतिक वृत्तमा प्रभावशाली मानिएका नेताको गृहजिल्ला झापामा एमालेले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेका छन्। झापामा दोस्रो चरणको चुनावको माहोल बढ्दै गएपछि एमाले नयाँ २ नगरपालिकासहित ६ नगरपालिकाको लागि प्रमुख र उप्रमुख पदका उम्मेद्वार तय गरेको हो ।
लामो समयको पार्टी भित्रकै रस्साकस्सीपछि एमालेले जिल्लाका भद्रपुर, दमक, गौरादह, कमल, अर्जुनधारा र बुद्धशान्ति नगरपालिकाको प्रमुख र उप–प्रमुखको टुंगो लगाएको हो ।
एमालेले भद्रपुर नगरपालिकाको मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्दा श्रेष्ठलाई उम्मेद्धार बनाउने निर्णय गरेको छ । त्यस्तै पार्टी अध्यक्ष केपी ओलीको गृहनगरमा उहाँकै भतिजा रोमनाथ ओली नगर प्रमुखमा उठ्ने पक्का भएको छ । उम्मेद्वार ओली पहिला पनि दमकको मेयर भइसक्नु भएको छ ।
पार्टीका नगर इन्चार्ज अम्बिका खनाल र ओलीबीच उम्मद्वार बन्ने चर्चा चले पनि अन्ततः ओलीले प्रमुखमा बाजी मार्नुभएको हो । गौरादह नगरपालिकाको मेयरमा मदन अधिकारीलाई उठाउने निर्णय भएको एमाले झापाका प्रचार विभाग प्रमुख माधव विद्रोहीले जानकारी दिनुभयो।
यस्तै सरकारले केही दिन अघिमात्र घोषणा गरेको बुद्धशान्ति नगरपालिकाको प्रमुखमा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र उपप्रमुखमा मीना भूर्तेललाई उम्मेद्वार बनाउने भएको हो । अर्का नयाँ नगरपालिका कमल नगरपालिकामा भने महिलालाई प्रमुख पद दिइएको छ । एमालेले प्रमुखमा मेनुका काफ्ले र उपप्रमुखमा वेणु शिवाकोटीलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै अर्जुनधारा नगरपालिकामा हरि रानालाई नगरप्रमुख र कमला आचार्यलाई उपप्रमुखको उम्मेद्वार बनाउने तय गरेको छ । मेचीनगर, बिर्तामोड, कन्काई र शिवसताक्षी नगरपालिकाको उम्मेद्वार भने केही दिन भित्रै टुंगो लगाउने भएको छ ।
झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्ती बुढाथोकीलाई उम्मेद्वार बनाइएको छ भने बाह्रदशी गाउँपालिकाको अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमलालाई अघि सारिएको छ । त्यस्तै ५ गाउँपालिका मध्ये गौरिगञ्ज र हल्दिबारी गाउँपालिकाको उम्मेद्वार पनि केही दिन भित्रमै टुंगो लाउने पार्टी स्रोतले जानकारी दिएको छ ।

Comments