खेलकुद
- Get link
- X
- Other Apps
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगुमा गएराति माओवादी र एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने करिव आधा दर्जन घाईते भएका छन् ।
गौरीशंकर गाउँपालिका वडा नम्वर १ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुल बहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् । यसैगरी, झडपका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्वर २ घर भएका एमाले कार्यकर्ता दिल बहादुर बुढाथोकी गम्भिर घाईते भएका छन् । घाईते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । गम्भिर घाईते बुढाथोकी स्थानीय निलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् । दोहोरो झडपमा परि नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भरत खड्का लगाएतका कार्यकर्ता घाईते भएका छन् । चुनाव प्रचारको क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पुर्वराज्यमन्त्री एवम माओवादी केन्द्रकी पालिटव्युरो सदस्य देवि खड्कालगाएतको टोलीलाई ढुंगामुडा सहित आक्रमण गरिएपछि दोहोरो झडप भएको थियो । घटना गएराति करिव साँढे ९ बजे भएको हो ।
जुगुँमा केही दिन यता ‘टाईगर ग्रुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्ताहरुलाई धम्कि दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगाएतका गतिविधि बढेपछि सो गुरुपसँग आवद्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत उजुरी परेको थियो । त्यस विषयमा प्रहरीले आवश्यक कारवाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो । मृतक तामाङ टाईगर ग्रुपसँग आवद्ध भएको बताईएको छ । यद्धपी नेकपा एमाले दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरि ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।
- Get link
- X
- Other Apps
Comments