खेलकुद

फास्ट ट्रयाक भारतलाई नदिएको झोकमा ओलीले भने सरकारले शिलान्यासको खेती गरिरहेको छ

१४ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शिलान्यासको खेती मात्रै गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री दाहालले आइतबार विहान काठमाडौं निजगढ दु्रतमार्गको शिलान्यास गरेको प्रसंग जोड्दै अध्यक्ष ओलीले कामै नगरेर सरकारले शिलान्यासको खेती मात्रै गरेको व्यङग्य गरे ।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम नभई कुरा मात्रै गरेको दावी समेत गरे ।स्थानीय तहको दोस्रो चरणको चुनाव सम्बन्धी युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री दाहाललाई काममा कुनै रुचि नै नरहेको बताए ।स्थानीय तहको दोस्रो चरणको चुनाव सम्बन्धी युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री दाहाललाई काममा कुनै रुचि नै नरहेको बताए ।


Comments