खेलकुद
- Get link
- X
- Other Apps
भरतपुर - भरतपुरमा मत च्यातिनु भनेको जनताको मतको अपमान गरिनु हो । त्यो जसले गरेको भएपनि निन्दनीय छ । एमालेले माओवादी र माओवादीले कांग्रेसलाइ दोष थुपारेपनि जो कोहिपनि शंकाको घेरामा हुन सक्छन् । किनकि यो चुनाव हो र चुनावमा आफु जित्नका लागि जसले जस्तोसुकै हतकण्डा अपनाउनपनि सक्छ। जसले गरेको भएपनि उक्त कार्य निन्दनीय पक्कै छ । मतगणना हुँदै थियो । निर्वाचन अधिकृत पिसाव लागेको भन्दै शौचालय लागे । त्यहि बेला अनाधिकृत व्य्वक्तिहरु भित्र छिरे र मतपत्र छिरे ? उनीहरुलाई आखिर कसले छिरायो भित्र ? के अधिकृतलाई पिसाव लाग्नु र उनीहरु भित्र छिर्नु नियोजित त थिएन ? आशंका उब्जिएको छ । यतिमात्र होइन सबैले रेणु पछाडी परेकै कारण माओवादीलाई दोष दिइरहंदा रेणुले घटाउँदै आएको मतान्तरदेखि डराएर एमालेका कार्यकर्ताले पनि त त्यसो गरेका हुन सक्छन भन्ने कुरामा कसैले ध्यान दिएको छैन । हुन त यसको अनुसन्धान भएको पनि होला । तर कुनैसमय विप्लव माओवादीका नाममा चन्दा उठाएर फन्दामा परेको खबरलाइ यसो केलाउने हो भने यो गलत काम एमालेका कार्यकर्ताले नगरेका होलान् भन्न सकिन्न ।
- Get link
- X
- Other Apps
Comments