खेलकुद
- Get link
- X
- Other Apps
कर्ण चन्द
डोटी, बैशाख– ११
माओवादी केन्द्र डोटीसंग नयाँ शक्ती नेपाल डोटी पार्टी एकता भएको छ । नयाँ शक्तीका केन्द्रिय कार्यकार्यणी सदस्य तथा जिल्ला संयोजक शिब सिंह ओलीको नेतृत्वमा सिंगै कार्य समिति माओवादीमा प्रबेश गरेको हो ।
बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष तथा सचिवालय सदस्य बिरबहादुर थापा, सचिवालय सदस्य योगेन्द्र खड्का पनि केन्द्रमा प्रबेश गरेका हुन । नयाँ शक्ती नेपालका अन्तरिम केन्द्रिय सदस्य भरत बोहरा ‘योगन्द्र’, भरत बोहरा ‘सेवक’, बलबहादुर ओली , बिद्यार्थि नेता डलब सिंह, अमर साउद माओवादीमा प्रबेश गरेका हुन ।
डोटीको दिपायलमा नेकपा माओवादी केन्द्र र नयाँ शक्ती नेपाल डोटी पार्टी एकता तथा नेपाल कम्युनिस्ट पार्टीबाट पार्टी प्रबेश कार्यक्रम आयोजना गरिएको थियो । एकताको शन्देस बोकेर जनतासंग स्थानीय तहको निर्वाचनमा जानु खुसीको कुरा भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लेखराज भट्टले बताए । नेता भट्टले भने ‘ हामी युद्धकालमा संगै लडेका सहकर्मी केही असहमती पनि अगल भएका थियौ, माओवादी आन्दोलनको आबश्यकता अनुसार हामी एक ठाउँमा आएका छौं ।’
कार्यकर्ता र जनताको मागका आधारमा पार्टी एकता गरेको नयाँ शक्तीका जिल्ला संयोजक शिब सिंह ओलीले बताए । एकता कार्यक्रमलाई सम्बोधन गर्दै ओली भने ‘ टुटफुटबाट ग्रस्त माओवादी आन्दोलन अब धुर्बिकुरणको बाटो तर्फ लागेको छ, कार्यकर्ताको एकताको धारणा सबै बिभाजित केन्द्रिय नेताले महशुस गर्नु पर्छ ।’
डोटीमा भएको पार्टी एकता कार्यक्रमले देशमा महत्व राख्ने ओलीको भनाई रहेको छ । खोक्रा भाषण र नाराले देशमा रुपान्तरण नआने भएकाले माओवादी आन्दोलनमा सबै भन्दा उपयुक्त बिकल्प माओवादी केन्द्र रहेको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारीका अध्यक्ष बिर बहादुर थापाले बताए ।
बिगत लामो समय देखी चल्दै आएको पार्टी एकताको कुराले आज सार्थकर्ता पाएको माओवादी केन्द्रका डोटी जिल्ला ईञ्चार्ज त्रिलोचन भट्टले बताए । ईञ्चार्ज भट्टले भने ‘ समयको माग अनुसार नेता र कार्यकर्ता चल्नु पर्ने हुन्छ, हामी निरन्तर कम्युष्टि र माओवादी आन्दोलनको धुर्बिकरणको पक्षमा छौं ।’
- Get link
- X
- Other Apps

Comments