खेलकुद

केपी ओलीले निसन्तान हुनुको पिडा रेणु दाहालमाथि गालीगलौज गरि पोख्दै

चुनाव हो ,रेणु दाहालले  चुनाव हार्न पनि सक्छिन् ,जित्न पनि सक्छिन् | हो उनी प्रचण्डकी  छोरी अवश्य हुन् |  तर छोरी मात्र विल्कुल हैनन् | उनी ०५२ सालवाटै जनयुद्धमा होमिइन् | जनयुद्धको तुफानी केन्द्र रोल्पा जिल्लाको सचिव भएर काम गरिन्।सह इन्चार्ज भएर पनि काम गरिन् | गणतन्त्र , महिला अधिकारका लागि हत्केलामा ज्यान राखेर  हिडिन् | युरोप अमेरिका गएर केरिअर वनाउन तिर लागिनन् | निसन्तान केपी ओलीले तल्लो स्तरमा झरेर गालीगलौज गर्नु मनको पिडा
  फुकाउने चौतारी मात्र हो 
पछि काठमाडौं क्षेत्र नं १ को क्षेत्रीय संयोजक भएर पनि काम गरिन् | पार्टीको महानगर संयोजक, काठमाडौं जिल्ला सचिव हुँदै अनेमसंघ(क्रान्तिकारी) को महासचिव भएर पनि काम गरिन्  ,गरिरहेकी छन् |  पहिलो संविधानसभाको सदस्यको भूमिका पनि निभाइन् | उनी फुत्त आएकी हैनन् | उनी वहुत सामान्य र सरल पनि छिन् |
उनी पार्टीका कयौंलाई रुवाएर  उम्मेदवार वनेकी हैनन् | सवैको आग्रहमा  सर्वसम्मत उम्मेदवार वनेकी हुन् |  म वहस गर्न चाहन्छु के कुनै महिला कसैको छोरी,कसैको श्रीमती भएर मात्र चिनिनु पर्ने ? के कुनै महिलाको आफ्नै मौलिक  परिचय हुन सक्दैन ? रञ्जुलाई रातारात नायिका वनाउने र रेणुलाई एकहोरो लखेट्ने हरुको नियतमा वर्गीय पुर्वाग्रहको नमिठो गन्ध  त छैन  ? कृपया सवै प्रकृया पूरा गरी  जनताको विचमा गएकी संघर्षशील रेणुलाई  ' प्रचण्ड पुत्री ' मात्र भनेर हुर्मत लिन तंछाडमछाड नगरौं  |

Comments