खेलकुद
- Get link
- X
- Other Apps
काठमाडौं । नेकपा एमालेलाई जनजाति विरोध भनेर भनिँदै आएको छ । अब एमाले दलित र गरिब सापेक्ष पाार्टी पनि हुन सकेन । जोसंग धनसम्पति छ, त्यो व्यक्तिले मात्रै एमाले पार्टीमा आबद्ध भएर राजनीति गर्न सहज हुने भएको छ । आर्थिक रुपमा सम्पन्न हुनेले मात्रै एमालेबाट उम्मेदवारी दिन सामथ्र्य राख्ने छन् । एमालेलाई यसो भनिरहनुको पछाडि थुप्रै कारणहरु छन् ।
त्यसमध्ये दुई दिनअघि एमालेको तर्फबाट उम्मेदवार बनेकी धादिङकी एक दलित महिलाको आत्महत्याको विषयलाई यहाँ जोड्न सकिन्छ ।
एमालेबाट स्थानीय तहको चुनावमा धादिङ धुनीबेसी नगरपालिका– ३ बाट दलिततर्फ महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले झुण्डिएर आत्महत्या गरिन् । पैसा अभावकै कारण चुनाव लड्न नसक्दा उनले आत्महत्या गर्नुपरेको रहस्य खुलेको छ । उम्मेदवारी दर्ता गरेकै दिन राति घरमा चुनावी खर्चकै बारेमा खटपट भएको पनि बुझिएको छ ।
विचार र नेतृत्व गर्ने क्षमता भएपनि आर्थिक रुपमा कमजोर भएमा एमालेबाट राजनीतिक गर्न असम्भव भएको प्रष्ट हुन्छ । चुनावी खर्च अभावकै कारण सोही रातिनै आत्महत्याको बाटो रोजेकी बिनाको जिम्मेवारी अब कसले लिने ? आर्थिक रुपमा कमजोर भएकै कारण उनले स्थानी तहको चुनावमा लड्न सक्ने क्षमता राख्न सकिनन् ।
उनका लागि एमालेबाट चुनावमा उठ्न निकै महंगो सावित भयो । जसले गर्दा उनले आफ्नो ज्यान नै गुमाइन् । जनजाति, आदिबासीहरुको लागि खासै ठाउँ नरहेको एमालेमा दलित, गरिब र निमुखालाई पनि राजनीतिक रुपमा अगाडि बढ्ने असज भएको यस घटनाले देखाउँछ ।
राजनीतिक रुपमा क्षमतावान भएर एमालेले बिनालाई चुनावमा उडाउँदै थियो भने उनको आर्थिक अवस्थालाई किन हेर्न सकेन । उनको क्षमतालाई कदर गर्दै उनलाई राजनीतिक रुपमा अगाडि बढाउन एमालेले आथिर्क सहयोग पनि गर्न सक्नुपथ्र्यो । तर, एमालले उनलाई उम्मेदवारी मात्रै दिन लगाएर बेवास्था गरेपछि पछिल्लो परिस्थिति सृजना हुन पुग्यो ।
यदि एमालले उनलाई उम्मेदवार दिन लगाई जिताउने प्रयासमा लगाएकै हो भने उनको आर्थिक अवस्थाका बारेमा पनि ख्याल गर्नुपथ्र्यो । तर, यहाँ त्यसो भएन । हुनत, चुनावमा उम्मेदवार हुनकै लागि उल्टै नेताहरुलाई पैसाका बिटा दिनुपर्ने पर्ने अवस्थामा पार्टीले वडाको सदस्याको उम्मेदवारलाई सहयोग गर्ला भनेर सोच्नुपनि उचित नहोला ।
- Get link
- X
- Other Apps
Comments