खेलकुद

पशुपतिनाथ मन्दिरमा माओबादीले नियुक्ति गरेको नेपाली पुजारी एमाले कांग्रेसको कारण यसरी हट्नुपर्यो l

प्रचण्ड सकरारका तत्कालीन संस्कृतिमन्त्री गोपाल किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा परमानन्द शाक्यलाई नियुक्त गरेपछि आफूलाई काम गर्न अप्ठ्यारो भएको भन्दै भारतीय मूलका मूलभट्ट महावलेश्वरले राजीनामा दिनुभएको थियो । त्यससँगै उत्तर मुहारका पुजारी श्रीकष्णयोग भट्ट र बासुकीनाथका पुजारी रामचन्द्र भट्टले पनि राजीनामा दिनुभएको थियो ।

पुजारीहरुले राजीनामा दिएको दुईमहिनापछि सरकारले पशुपतिनाथको मूल पूजारीमा नुवाकोटका डा. विष्णुप्रसाद दाहाल र बासुकीनाथको पुजारीमा सिन्धुपाल्चोकका शालिकराम ढकाललाई नियुक्त गरेको थियो । तर, सरकारले गरेको नेपाली पुजारी नियुक्तिको व्यापक विरोध भयो । नेपाली पुजारीहरुको नियुक्तिको विरोध गर्दै पशुपतिनाथका चारै ढोकाका भण्डारीहरुले साँचो नखोलिदिँदा पूजाआजासमेत अवरुद्ध भएको थियो । सरकारको पक्षबाट ताल्चा काटेर पुजारीहरुलाई मन्दिर प्रवेश गराइएको थियो ।

नेपाली पुजारी नियुक्तिको घटनाबारे पूर्वराजा ज्ञानेन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेसमेतले भारतीय पुजारीको पक्षमा वकालत गरेका थिए भने सत्तारुढ माओवादीले नेपाली पुजारी नियुक्त हुनुपर्ने अडान राखेको थियो । पशुपतिमा विवाद भएपछि भारतीय समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह र महासचिव अमर सिंहले पहुपतिनाथको दर्शन गर्ने कार्यक्रम स्थगन गरेका थिए । भारतीय पुजारीको स्वेच्छिक राजीनामापछि नेपालीलाई पुजारी नियुक्त गरिएको विरोधमा पशुपतिक्षेत्रमा केही दिन आन्दालने चर्किएको थियो । भारतीय पुजारीको समर्थनमा आयोजित कार्यक्रममा माओवादी कार्यकर्ताले बल प्रयोगसमेत गरेका थिए । तर, अन्तिममा माओवादीले एमाले कांग्रेसको असहयोगको कारण  नेपाली पुजारी नियक्तिको निर्णयबाट पछि हट्नुपरेको थियो । पशुपतिनाथमा अढाइसय वर्ष अघिदेखि भारतीय भट्ट मूल पुजारी रहने प्रचलन छ ।

Comments