खेलकुद

ओलीले छुद्र बोल्दै अलच्छिनी सरकार भनेपछि अलच्छिनी ओली भन्दै कडा जबाफ दिएपछि हंगामा

म अलच्छिना केपी ओली !
मेरो चोर औँला पनि आजकल त बाङ्गिदै गएको छ !!
त्यसैले त अलच्छिना म
धरहरा चढेकै भोली पल्ट धरहरा पनि ढलेकै छ ।
त्यसैले त म अलच्छिना केपी ओली
मेरो उदय भए पछि ,
महाकाली बेचिएकै छ
बिसौं वर्ष एमाले सत्तामा बस्दा
राज्यकोषको लुट गरेरै बालकोट दरबार बनाएकै छ ।

बिकास के गर्नु पर्यो
उखान टुक्काले मनोरञ्जन दिएकै छ ।
ताली पाएकै छ
बयलगाडा चडेर अमेरिका पनि पुगिएकै छ ।
दाम राखेर राजालाई ढोगिएकै छ ।
प्रतिगमन आधा सच्चिएकै छ ।
उद्योग कलकारखानाहरू बेचेर खाएकै छ ।

!! म अलच्छिना केपी ओली !!

मेरो उदय भए पछि
सुत्केरी को भत्ता पुरूषले पड्काएकै छ ।
भाषणकै लागी भए पनि मधेशी जनता मारिएकै छ ।
आदीवासी र मधेसी नागरिकलाई बाँदर र बिहारी भनिएकै छ ।
फिल्म बनाउन कै लागी राष्ट्रवादी खोल ओडिएकै छ ।
लोडसेडिङ गराएर भए पनि कमिसन खाएकै छ ।
भोट प्रत्यक्ष कार्यकारीको मागेर,
संसदिय वकालत गरिएकै छ ।
पशुपति को पुजारी भारतिय राख्न लगाएर,
स्वाधिनताको राप अंगालिएकै छ ।

बिचरो म ! बबुरो म !!
म केपी ओली !
म अलच्छिना!!!

Comments