खेलकुद

माधब केपीगुट आमुनेसामुने: काठ्माण्डौमा बन्यो सामानान्तर कमीटी

२६,चैत,काठमाडौं । आउँदो बैशाख ३१ गते हुने स्थानीय चुनाव नजिकिदै गर्दा नेकपा एमालेमा लफडा भएको छ । एमालेमा गुटगत राजनीति झाँगिदै गएको अवस्थामा काठमाडौ जिल्ला समितिमा समानान्तर समिति नै गठन भएको छ ।  कृष्ण राई संयोजकत्वमा रहेको जिल्ला समितिको विरुद्ध बसन्त मानन्धरको नेतृत्वमा अर्को समानान्तर जिल्ला समिति घोषणा भएको छ ।  एमाले एक नेताका अनुसार राई पार्टी अध्यक्ष केपि ओली पक्ष हुन भने मानन्धर माधव नेपाल पक्षका नेता हुन । हरेक दुई बर्षमा हुनु पर्ने जिल्ला सम्मेलन ७ बर्ष सम्म पनि नगरेपछि काठमाडौं जिल्लामा विवाद चुलिएको थियो । केपी गुटले पेलेको भन्दै माधब नेपाल पक्ष आक्रामक बनेको छ l विवाद झन्–झन् उग्र रुप लिदैं गएपछि एमालेले काशिनाथ अधिकारीको नेतृत्वमा अरुण नेपाल र केदार न्यौपाने गरि ३ सदस्य विवाद समाधान गर्ने कमिटी बनाएको बताइएको छ ।  समाधान समितिले पनि विवादलाई समाधान गर्न नसकेपछि यस्तो अवस्था आएको हो । खास कुरा त के छ भने ओली बागबजारको हार्दिक होटलमा जनसांस्कृतिक महासंघको कार्यक्रमलाई ०७४ साल एमालेमय बनाउने घोषणा गरिरहँदा सोहि होटलको अर्को हलमा समानान्तर समितिको बैठक बसेको थियो ।  समानान्तर समितिले २७ गते नेपाल बैङकट हलमा भेला गर्दैछ । जसमा माधवकुमार नेपाल र झलनाथ खनालको उपस्थिति रहने बताइएको छ । 

Comments