खेलकुद
- Get link
- X
- Other Apps
काठमाडौं, २३ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीबीच स्थानीय चुनावमा सहकार्यका लागि छलफल थालेका छन् ।
आजको नागरिक दैनिकमा खबर छ– एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दुवै पार्टीभित्र स्थानीय तहमा सहकार्य गरेर जाने विषयमा छलफल भएको थियो ।
‘दुवै पक्षबीच के कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा छलफल अघि बढेको छ’, बैठकमा सहभागी एक नेताले भने ।
यसअघिको केपी ओली नेतृत्को सरकारमा उपप्रधानमन्त्री नै रहेका तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारविरुद्ध लामो समयसम्म एमालेलाई साथ दिँदै आएका थिए । थापा निर्वाचन सुनिश्चित गर्न भन्दै सरकारमा गएको विषयलाई धेरैले आश्चार्यका रुपमा लिएका थिए ।
दुवै पक्षबीच सत्तारुढ गठबन्धनको भविष्य, स्थानीय चुनावमा मधेसी दलहरुको सहभागिता र निर्वाचन प्रभावित हुन सक्ने विषयमा समेत छलफल भएको सहभागी नेताहरुले बताएका छन् ।
दुई पार्टीबीचको छलफलमा एमाले तर्फबाट अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, भीम रावल र संसदीय दलका उपनेता सुवास नेम्वाङ र राप्रपाका तर्फबाट उपप्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमल थापा, उपाध्यक्ष बुद्धिमान तामाङ, राजीव पराजुली सहभागी थिए ।
Comments