खेलकुद

आर.के मैनालिको नलेखिएको इतिहासमा लेखिएको ईतिहास गरे केपीको गम्भीर पर्दाफास


झापा बिद्रोह भयको डेढ बर्ष पछि २०२९ साल कार्तिकमा नेतृत्व परिवर्तन गरेर खडकप्रसाद ओलि (केपि) लाई सचीव बनाइयो । केपिलाइ सचीव बनाउनुभित्र रमाइलो संयोग छ । म बिरामी भयर थला परेको थिय,बैठकस्थलसम्म पुग्दा म खोकी र ज्वरोले थला परिसकेको हुन्थे । अरुको कुरा सुन्न र आफ्नो कुरा राख्न नसक्ने अवस्था भयकोले मैले सचीव पदबाट राजिनामा दिने निधो गरे । त्योबेला केपि ओलि कुरा बढी काम कम गर्ने गर्थे 😁। बिद्रोहलाई स्विकार गरेपनी भुमिगत भयर पुर्णकालिन हुन सकिरहेका थियनन । पक्राउ गर्न प्रहरी आय ओल्टाकोल्टा लाग्थे नत्र गाउमै बस्थे ।सिपि,नेत्र,नरेश,हर्क खडका लगायतले केपि कुरौटे र आलोचक मात्र छन,काममा खटदैनन त्यसैले उनैलाइ सचीव बनाउ भनेर सल्लाह गरेछन😁 । नयाँ नेतृत्व छान्ने विषय प्रवेशको सुरुमै सिपिके केपिलाइ सचीव बनाउने प्रस्ताव राखे । सबैले ताली पडकायर समर्थन गरे । त्योबेला केपिले मस्किदै म सचिवको जिम्मेवारी लिन तयार छु भने तर कार्तिकमा सचिव बनेका उनी फाल्गुन सम्मपनी टिकेनन 😁। सचीव बनिसकेपछी उनले एउटै बैठक बोलाउन पहल त गरेनन उल्टै कसैलाइ थाहै नदियर बेपत्ता भय । बैठक नै नबोलायर केपि बेपत्ता भयपछी सिपि,नरेश र हर्कहरुको अगुवाइमा बैठक बस्न थाल्यो । केपि भेटिनसक्ने सम्भावित डेन'हरुमा सुचना पुर्याइयो तर उनी कहि भेटियनन । र पछि सिपिलाई झापा आन्दोलनको तेस्रो सचीव बनाइयो । #क्रमश ..

Comments