खेलकुद

योगेस भट्टराईले खोले एमालेका पोल : राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’


एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए । त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो । पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश भट्टराई, नारायण ढकाल लगायतले लेखेका थिए । पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ मुख्य राष्ट्रघात यस्ता थिएः

९.  मदन र आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे । १२. महाकलीसन्धि दुवै सदनबाट पारित गराउन देउवा सरकारसँग सांसद खरीद गर्छु भनी खड्ग प्रसाद (के.पि.) ओलीले ५ करोड रुपैयाँ माग गर्नेजस्ता घृणित कार्य गरे । महाकाली सन्धि दुवै सदनबाट पारित गराउनका लागि २०५३ भदौ ३ मा भारतीय राजदूतका शरणमा सांसद र केन्द्रीय सदस्यलाई केपी र माधवले भोज खुवाउन लगे ।
१३. सरकार टिकाउने खेलमा गुरु बराल र सुबोध प्याकुरेल मार्फत साढे सत्र केजी हजार र हजारका नोट माधव र केपीले उमेश गिरीलाई खुवाए ।
१५. नौ महिने कालमा पर्यटनमन्त्री बनेका भीम रावलले जफ्फर अहमद र टासिपी लामालाई ऊन तथा गलैंचा विकास बोर्डमा ल्याउँदा अठहत्तर लाख रुपैयाँ नजराना लिए । निजहरूको कार्यकालमै भर्ना र राजनीतिक नियुक्तिमा समेत घूस लिने कामको सुरुआत गरेर भ्रष्टाचार गरी कम्युनिस्ट आचरण समाप्त पार्ने कार्य सुरु गरियो ।
१७. कांग्रेसी सरकारले दिनेश धमिजालाई आरएनएसीको युरोपको २ वर्षका लागि दिएको जिएसएबाट संस्थानलाई ठूलो घाटा भएको थियो । पछि भीम रावल मन्त्री बनेपछि मुद्दा मिलापत्र गराउने नाममा ६ करोड घूस लिई १८ करोड रुपैयाँ उल्टै दण्ड तिर्नुपर्ने पारी संस्थानलाई डुबाई सो रकम पनि पार्टीमा नबुझाई महासचिव माधव नेपाल र पर्यटनमन्त्री भीम रावलले भ्रष्टाचार गरे ।
१९. हुलासचन्द गोल्छाले विभिन्न प्रयोजनका लागि बैंकिंङ्ग कार्यगर्दा नेपाल सरकारलाई तिर्न बाँकी रहेको ब्याज रकम दस करोडमध्ये एक करोड घूस लिई अर्थमन्त्री भरतमोहन अधिकारीले तीन करोड मिनाहा गर्राई राष्ट्रको राजस्वमा घाटा पु¥याए ।
२३. टनकपुरको राष्ट्रघातलाई वैधानिक मान्यता दिने ‘महाकाली प्याकेज’को अवधारणा ल्याई राष्ट्रियताजस्तो संवेदनशील विषयसँग भारतीयहरूको वचनको पक्का देखिन १ खरब २० अरव वर्सेनि आम्दानी हुने, सेटेलाइटबाट विदेशीलाई बिजुली बेच्नेजस्ता हावादारी कुराबाट जनता र कार्यकर्तालाई झुक्काउन खोज्दै नेपाललाई अहित हुने राष्ट्रघाती महाकाली सन्धि अनुमोदन गरियो ।
२४. मदन आश्रीतको हत्याकाण्डमा संलग्न भएका भनी आशंका गरिएका राजेन्द्र खेतानसँग विद्या भण्डारीको सुमधुर सम्बन्ध कायम भयो । खेतानकी ‘माता’ बनेकी विद्याको औकातमा एक्कासी वृद्धि भयो र विद्याले माताजीको नामबाट राजेन्द्र खेतानसँग प्राडो गाडी र करोडौं रुपैयाँ लिइन् ।

Comments