खेलकुद
- Get link
- X
- Other Apps
prachandaकाठमाडाैं, ३१ चैत : एमाले पुर्व सम्सद टंक राइ नेत्रीत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी) केन्द्रमा एकीकरण भएको छ।
बिहीबार पेरिसडाँडामा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र वाम नेता टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच एकीकरणको घोषणा गरिएको हो।
टंक राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीका नेताहरु अमेम्बर राई, रामहरी कार्की, परशु कार्की, वाङ्छु लामा, राजकुमार खत्री, पवित्रा जेम्जोङ, यमु गैरे, राम कुमार चौधरी, धनकाजी राईसहितका केन्द्रीय नेताहरु तथा विभिन्न जन वर्गीय संगठन तथा जिल्ला समितिहरु माओवादी केन्द्रसँग एकीकृत भएका हुन्।
पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी क्रान्तिकारीहरूसहित सबै कम्युनिष्टहरूलाई एकतावद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे।
मानव मुक्ति र स्वतन्त्रता प्राप्तिका लागि कम्युनिष्ट दर्शन विश्वमै सबैभन्दा वैज्ञानिक र पछिल्लो विकसित दर्शन भएको चर्चा गर्दै प्रचण्डले सबै कम्युनिष्ट क्रान्तिकारी मिलेर कम्युनिष्ट क्रान्तिलाई पूर्णता दिनुपर्ने आवश्यकतामाथि जोड दिए।
- Get link
- X
- Other Apps
Comments