खेलकुद

माहाकाली सन्धिबारे एमाले नेता राधाकृष्ण मैनालिको गम्भिर खुलासा

यसरी गराएका थिए केपि र माधवकुमार नेपालले राष्ट्रघाति महाकाली सन्धि सम्झाैता एक प्रत्यक्षदर्शि राधाकृष्ण मैनालीकाे वयान !!
एमाले अध्यक्ष केपि अाेलिले २०५२साल माघमा असहमति जनाएका हुन्थे भने माधवकुमार नेपालले मात्र राष्ट्रघाति कदमकाे अनुमाेदनकाे हिक्मत गर्ने थिएनन । पछि झलनाथ खनाल लगाएत अन्य नेताहरूलाई पनि माधवकुमार नेपाल र केपि अाेलिले मनाए । मनमाेहन अधिकारी अन्तिम समयसम्म महाकाली सन्धि सम्झाैताकाे विराेधमा थिए । पार्टी भित्र विराेध चुलिए पछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्ष / बिपक्षमा भाेटिङ् गर्नु पर्ने अवस्था अायाे । २०५२ साल माघ पहिलाे हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयाे। अन्तत माधवकुमार नेपाल र केपि अाेलिले एकमतकाे अन्तरले भए पनि महाकाली सन्धि सम्झाैता भयाे ।
महाकालीको सन्धि सम्झाैताकाे ड्राफ्ट नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, रामचन्द्र पाैडेल, नेकपा एमालेका नेता माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणा सम्मिलित टिमले राष्ट्रघाति महाकाली सन्धि सम्झाैताकाे ड्राफ्ट तयार पारेका थिए । यसमा सन्धि सम्झाैतामा नेपाल पक्षकाे प्रस्तावित खाेस्रामै गम्भीर त्रुटिपूर्ण ड्राफ्ट नै थियाे । अहिले अाएर राष्ट्रियताकाे नाममा जति जालजेल, सडयन्त्र र प्रचारबाजि गरे पनि त्याे कलङ्ककाे इतिहास र सन्धि सम्झाैता नेपाली जनताहरुले कहिल्यै भुल्ने छैनन ।

Comments