खेलकुद
- Get link
- X
- Other Apps
नयाँ शक्ति नेपाल मलेसियाका संस्थापक सदस्य एबम मध्य पुर्वसल्लाहकार तथा प्रादेशिक केन्द्रिय सदस्य राजु प्रसाद ढुंगाना ‘प्रनिल’सहित २६ जना सदस्यहरुले राजिनामा दिएका छन् । आईतवार (आज) एक बिज्ञप्ति निकाल्दै उनीहरुले सामुहिक रूपमा राजीनामा दिएका छन् ।
पार्टीभित्र अपेक्षा गरेभन्दा फरक कार्यनीति पाएको तथा बैकल्पिक राजनीतिको परिकल्पना गरेपनि सो अनुसार पार्टी अगाडि बढन नसकेपछी आफूहरुलाई पार्टीमा रहन औचित्य नभएकले राजिनामा बताएका छन् ।
नयाँ शक्तिको मुख्य एजेन्डा आर्थिक बिकास र समृद्धि भएपनि पार्टी नितान्त पुरानै राजनीति को परम्रागत प्रवृत्ति बाट भिन्न नरहेको प्रमाणित भएको उनीहरुले आरोप लगाएका छन् ।
देशलाई संघियता लगेर उपलब्धि सस्थागत गर्नुको सट्टा मधेसी मोर्चा सङ्ग साठगाठ गर्न पुग्नुका साथै नाराहरु गुलिया भएपनी राजनीतिक र साङ्गठानिक रुपमा नयाँ शक्तिमा पुरै व्यथितीले जरा गाढेको आरोप लगाएका छन् ।
उक्त विज्ञप्तिमा लेखिएको छ ‘संविधान निर्माण पश्चात् निर्माण भएको संविधानलाई आधा गिलास खाली र आधा गिलास भरी भनेर फेरि देशमा अनेक किसिमका द्वन्द्व सिर्जना गर्ने काममा अग्रसर भएको ठहरियो, जसको कारण नयाँ शक्ति आफैले प्रमाणित गरिदिएको छ ।’माओवादी केन्द्र नै देस र जनताको रक्षक रहेछ भन्दै नया शक्ती छोड्ने क्रम तिव्र रहेको छ
’नितान्त डा बाबुराम भट्टराईको नीजि कम्पनी जस्तो झल्किदै गएकोले अब कसैले नकार्न सक्दैन, नयाँ शक्ति पार्टी एक प्रकारको राजनीतिक डिप्रेसनको उपज झै भयो तसर्थ हामीले सोच बिचार गरेर नयाँ शक्ति नेपालको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छौ बिज्ञप्तिमा लेखिएको छ ।
- Get link
- X
- Other Apps
Comments