खेलकुद
पदभार सम्हाल्ने वित्तिकै भारतीय राजदुत र केपी ओलिविच भेटघाट: रास्ट्रवादि भन्दै सामाजिक संजाल रंग्याउने कार्यकर्ता मुन्टो लुकाउन बाध्य
- Get link
- X
- Other Apps
१४ चैत । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मनजीभ सिंह पुरीबीच भेटवार्ता भएको छ । आज ओली र राजदुत पुरीको भेट सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको थियो l पूर्वप्रधानमन्त्री ओलीले हतारिएर भारत खुसि बनाउन भेटेपछि कार्यकर्ताले समेत लाजले जिब्रो टोकेका छन l
भेटवार्तामा एमाले अध्यक्ष ओलीसहित प्रमुख सचेतक भानुभक्त आचार्य सहभागी छन् । संविधान घोषणा गरेपछि भारत र एमालेबीच चिसिएको सम्बन्ध सुधार गर्ने प्रयास स्वरुप यो भेटलाई लिइएको छ।
नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले आइतबार मात्र राष्ट्रपति विद्या भण्डारीसामू आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका थिए । हिजो मात्र ओहदाको प्रमाणपत्र पेश राजदुत पुरीले पहिलो पटक ओलीलाई भेटेका हुन् ।
- Get link
- X
- Other Apps
Comments