खेलकुद
- Get link
- X
- Other Apps
ललितपुर: नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले एमाले दुनियाकै अराजक र अप्रजातान्त्रिक पार्टी भएको बताएका छन्। काँग्रेस ललितपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनको शनिवार उद्घाटन गर्दै कोइरालाले एमालेकै कारण मुलुकमा समस्या निम्तिएको बताए।
एमाले जन्मनुभन्दा अगाडिदेखि काँग्रेसले राष्ट्रियता र प्रजातन्त्रका लागि लडिरहेको बताउँदै कोइरालाले काँग्रेसलाई राष्ट्रियताको पाठ सिकाउने नैतिकता एमालेसँग नरहेको बताए। उनले नक्कली राष्ट्रवादको नारा लिएर मेची–महाकाली यात्राका नाममा एमालेले निर्वाचन विथोल्न खोजेको आरोप लगाए।स्थानिय चुनावमा एमाले पत्तासाफ हुने देखेर चुनाव भाड्न एमाले भित्रभित्रै सक्रिय रहेको आरोप लगाए l
कोइरालाले भने,‘सुदूरपश्चिम पुगेर शेरबहादूर जीलाई तथानाम गाली गर्ने केपी ओलीजी कोहो?’ ओलिजिको हैसियत केहो ? भन्दै आक्रोस पोखे l
उनले मधेसी मोर्चाको सहमतिबिना गरिने चुनावले मुलुकलाई विखण्डनमा लैजाने पनि बताए।
उनले मधेसी मोर्चाको सहमतिबिना गरिने चुनावले मुलुकलाई विखण्डनमा लैजाने पनि बताए।
- Get link
- X
- Other Apps
Comments