खेलकुद
- Get link
- X
- Other Apps
आवाश्यक सामाग्री
( १) पाउरोटी १ पाकेट
(२) दुध आधा कप
(३) अलैची ४ वटा
(४) चिनी १ कप
(५) पानी आधा कप
(६) तेल १ कप
बनाउने तरिका
पाउरोटीको बाहिरको भाग हटाएर भित्रको सेतो भाग मात्रै राख्नु होला l
पाउरोटी लाई हातले धुलो बनाउनु होला l अनि तेस्मै दुध र अलैची पनि राख्नु होला l मजाले हातले मुस्नु होला l जब नरम हुन्छ अनि मसिनो गोलो बनाउनु होला l अनि चास्नी बनाउनु होला l चास्नी
बनाउन लाई हामीले पानी र चिनी लाई एउटा भाडोमा राख्नु होला l र आगो बालेर त्यो भाडो बसाल्नु होला र १० मिनेट जति उम्लिन दिनु होला l १० मिनेट भए पछि निकालेर राख्नु होला l र अर्को
भाडो बसाल्नु होला भाडो ताते पछि तेल हाल्नु होला l तेल ताते पछि आघिनै को गोलो बनाएको
लडडु लाई हाल्नु होला l र बिस्तारै फर्काइ फर्काइ पकाउनु होला सबै तिर खैरो भए पछि निकालेर
अघिनै को चास्नी मा डुबाउनु होला l र ४ मिनेट जति पकाउनु होला l र ४ मिनेट भए पछि हातले छाम्नु होला l नरम हुन्छ नरम भए पछि निकालेर चिसो हुन दिनु होला l अनि निकाले खानु होला l यो स्वादिलो हुन्छ l
- Get link
- X
- Other Apps
Comments