खेलकुद
- Get link
- X
- Other Apps
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमणका क्रममा चिनियाँ पक्षसँग खुलेर देसको हितमा हुनेगरी छलफल गर्ने बताएका छन् ।
सम्मानिय प्रधानमन्त्री प्रचण्ड आज बिहीबार चीन भ्रमणमा जाँदैछन् । उनी बोआओ सम्मेलनमा सहभागी हुनका साथै राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ ।
भ्रमणका क्रममा नयाँ सम्झौताहरु गर्ने भन्दा पनि यसअघि भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने र नयाँ समझदारी गर्दै अगाडि बढ्न आधार तयार गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ
मंगलबार विहान बसेको पार्टी संसदीय दलको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रपति सीसँग भेट तय भएको जानकारी दिए र ‘हामी हाम्रा कुराहरु राख्छौं । र, भोलिका दिनमा चीन नेपाल सम्वन्ध कसरी अगाडि बढ्ने भन्ने समझदारी बनाउँछौं’
प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव हुन्न कि भन्ने आशंका नगर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । ‘निर्वाचन हुन्छ र कुनै हालतमा गराउनुपर्छ’ उनले भने, ‘चुनाव हुन्न कि भन्ने म सुन्नै चाहन्न ।’ एमाले लचिलो हुनुपर्छ मधेसी जनताको जायज मागको सम्बोधन गर्नुको सट्टा अपव्याख्या गरि हलो अड्काउने काम गरेको बताउनुभयो साथै सरकारले जनताको चाहानाअनुरुप देसलाई बिकासको बाटोमा अघि लैजादा एमाले आतिएको बताउनुभयो ।
- Get link
- X
- Other Apps
Comments