खेलकुद
- Get link
- X
- Other Apps
काठमाडौं, १५ चैत । चुनाब चिन्ह हलो नराखेको भन्दै केहि समयअघि राप्रपा छाडेको घोषणा गरेका डा प्रकाशचन्द्र लोहनीले भोलि नयाँ पार्टी घोषणा गर्दैछन् । भोलि घोषणा हुने पार्टीको नाम एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) रहेको छ । लोहनीले केशरबहादुर विष्टसँग मिलेर भोलि औपचारिक रुपमा पार्टी घोषणा गर्न लागेका हुन् ।
लोहनीका अनुसार भोलिनै पार्टी दर्ता गरेर दिउँसो पार्टी गठनको घोषणा गरिनेछ । उक्त पार्टीको झण्डा र चुनाव चिन्ह हलो हुने बताइएको छ । समोवशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवाद’को नारा दिइएको छ । यो पार्टीले सनातन हिन्दुराष्ट्र र एकताको प्रतिकका रुपमा संवैधानिक राजतन्त्रको एजेण्डा बोक्ने छ ।
Comments