खेलकुद
- Get link
- X
- Other Apps
अर्घाखाँची । अर्घाखाँचीमा कांग्रेस र एमालेबीच पार्टी प्रवेशको विषयलाई लिएर जुहारी चलेको छ । गत मंगलबार मालारानी गाउँपालिकाको खनदहमा एमालेले आयोजना गरेको आमसभामा भएको पार्टी प्रवेशको विषयलाई लिएर दुइ पार्टीबीच जुहारी चलेको हो । एमालेले बिगत देखिनै यस्तै गलत प्रोपोगान्डा गर्ने गरेको र बिस्तारै जनताले पनि बुझ्दै गएको कांग्रेस कार्यकर्ता बताउछन l
नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल (मुस्कान)ले उक्त सभामा आफ्ना ११ जना कार्यकर्ता एमालेमा प्रवेश गरेको भन्ने समाचार कपोलकल्पित, भ्रामक र तथ्यहिन भएको बताएका छन् । उनले भने, ‘११ जना मध्ये २ जना टिका लगाएर एमालेमा प्रवेश गरेकाे थिए पछि पुन: २ जना कांग्रेसमा नै फर्किएका छन् ।’
स्थानीय एफएमले कांग्रेसका ११ जना कार्यकर्ता एमालेमा प्रवेश गरेको समाचार प्रशारण गरेपछि प्रवेश गरेका भनिएकाले आफूहरु कांग्रेसमै रहेको भन्दै विज्ञप्ती जारी गरेका छन् ।
- Get link
- X
- Other Apps
Comments