खेलकुद
- Get link
- X
- Other Apps
वि.सं. २०५८ सालमा प्रधानमंत्री शेरबहादुरले प्रतिनिधिसभा भंग गरेर २०४७ सालको संविधानको धारा १२७ उल्लेख गरेर राजालाई सत्ता बुझाए । राजा ज्ञानेन्द्रले पनि संविधानको धारा ३५(१) र धारा २७ अनुसार कार्यकारिणी अधिकार हातमा लिए ।त्यसपछि दलका नेताहरु सबैले राजाबाट पद प्राप्त हुने आशा राखे ।
संसद्वादी दलहरूको व्यवहार माओवादी द्वन्द्व समाधान गर्न उद्यत थिएन । उनीहरू माओवादी द्वन्द्वसँग खेल्दै एकले अर्कोलाई पछारेर सत्तामा पुग्ने दाउमा निर्लिप्त थिए । त्यही खेलअन्तर्गत नेकपा (एमाले) सरकारमा जान व्यग्र थियो । २०५९ साल असोज १८ गते शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले ‘अक्षम’को दाग लगाइदिएर प्रधानमन्त्रीबाट बर्खास्त गरे । त्यसपछि राजाले प्रधानमन्त्री बन्न इच्छुकहरू सबैका लागि ‘भ्याकेन्सी’ आह्वान गरेका थिए । यही भँगालोमा एमालेका महासचिव माधवकुमार नेपाल मिसिन पुगे । राजा ज्ञानेन्द्रको राज्यारोहणमा दाम चढाएर प्रधानमन्त्री बन्ने दौडमा मैदानमै ओर्लिएका थिए, उनी । राजाले दरखास्त खोलेपछि माधव लाइन बसेर निवेदन चढाउन नारायणहिटी पुगेका थिए । माधवको ध्याउन्न जुनसुकै प्रक्रियाबाट भए पनि एकपटक प्रधानमन्त्री बन्ने थियो । प्रधानमन्त्रीको याचना गर्दै राजाका पाउमा दाम चढाउने, राजदरबारमा बिन्तीपत्र हाल्ने माधव नेपाल र जनअन्दोलन चल्दै गर्दा नेपालमा गणतन्त्र ल्याउनु र बयल गाडामा अमेरिका जानु एउटै हो भन्ने केपी ओली आज साग पाक्दा शाकाहारी मासु पाक्दा मांसाहारी भनेझै हामीनै हौ गणतन्त्र ल्याउने मसिहा भन्दै ढोल पिट्दै छन् l
Comments