खेलकुद

आलु र दहिको तरकारी

आवश्यक  सामाग्रीहरु:
(१)आलु २०० ग्राम
(२) दहि १कप मजाले फिटेर राख्नु होला
(३)पानी  १ कप
(४) मेथी आधा चम्चा
(५)जिरा  पाउडर १ चम्चा
(६) नुन स्वाद  अनुसार 
(७)बेसार १ चम्चा
(८)अदुवा  लसुन  को पेस्ट १ चम्चा
(९) टमाटर  २ वटा मसिनो गरि काटेको
(१०) हरियो  धनिया  मसिनो गरि  काटेको
(११) मिट  मसला १ चम्चा
(१२) तेल ३ चम्चा

अब बनाउने  तरिका:
कुकरमा आलु राखेर  आगो बाल्नु  होला l २ सिटि  लागेपछि निकालेर  बोक्रा  निकाल्नु  होला l 
अनि आलु लाई हातले  थिचेर  मसिनो  गरेर  राख्नु  होला | अनि कराई बसाल्नु   कराई  ताते  पछि तेल  हाल्नु होला | अनि मेथी  हाल्नु  होला l मेथी   खैरो भयपछि बेसार, नुन , अदुवा लसुनको पेस्ट , जिरा पाउडर , टमाटर  राखेर  मजाले चलाउनु  होला र २ मिनेट  जति चलाउदै पकाउनु  होला  र २ मिनेट
भएपछि  आलु हालेर  मजाले  चलाउनु  होला र आगो सानो ४ मिनेट जति  चलाउदै  पकाउनु होला l
४ मिनेट भएपछि  पानी हालेर २ मिनेट  छोपेर  पकाउनु  जब उम्लिन थाल्छ  अनि मिट  मसला ,  दहि  हालेर  मजाले  चलाउनु  होला l र धनिया  राखेर निकाल्नु  होला  र तपाईलाई  भात , चिउरा जेसंग  मन लाग्छ  खान सक्नु हुन्छ l

Comments