खेलकुद

माओवादी केन्द्रले सहिद गोविन्दको परिवारलाई रु ६ लाख सहयोग गर्यो

काठमाडौं, चैत ८ । भारतीय एसएसबीको  गोली लागेर मृत्यु भएका कञ्चनपुर पुनर्बासका गोविन्द गौतमको परिवारलाई माओवादी केन्द्रले रु  ६ लाख रुपैयाँ प्रदान गरेको छ ।
कञ्चनपुरको सीमावर्ती क्षेत्रमा गत फागुन २६ गते भारतीय पक्षसंगको विवादपछि उत्पन्न हिंसात्मक घटनामा  एसएसवीको गोलीबाट ज्यान गुमाएका थिए ।
कृषिमन्त्री गौरी शंकर  चौधरी तथा नेत्री विना मगरलगायतको उपस्थितमा माअाेवादी केन्द्रले अायाेजना गरेकाे श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका तर्फबाट रु ६ लाख रकम सहिद गाैतमका परिवारलाई हस्तान्तरण गरिएको हो । सहिद गोबिन्द गौतम मावोबादी केन्द्रको स्थानिय नेता पनि हुनुहुन्थ्यो ।

Comments