खेलकुद

कहिले प्रचण्डको नाममा त कहिले बिप्लपको नाममा चन्दा उठाउदै एमाले कार्यकर्ता

३ महिना पहिले एमाले कार्यकर्ताले प्रधानमन्त्रिले सम्पति बिबरण कम देखाएको आरोप लगाउदै   खुलेआम रुपमा प्रधानमन्त्री प्रचण्डको नाममा १ रुपैया चन्दा अभियान भन्दै सडकमा चन्दा उठाएपनि त्यो रकम के गरे भन्ने अत्तोपत्तो छैन आज फेरी नेकपाको विद्यार्थी संगठनको नाममा एमाले अखिलको अर्को कर्तुत पर्दाफास भएको छ।

नेपाल कम्युनिस्ट पार्टी निकट(विप्लब) अखिल क्रान्तिकारीको नाममा चन्दा आतंक मच्चाएको भन्दै  एमाले निकट अखिलका नेता तिलक खड्कालाई  अखिल क्रान्तिकारीले  काठमाण्डौको कलंकीवाट  नियन्त्रणमा लिएको छ  ।
खड्कालाई कलंकीको नापी कार्यलयबाट अखिल क्रान्तिकारीले  रंगेहात पैसासहित  पक्राउ गरेको हो । खड्का अखिलका पशुपति क्याम्पसका नेता हुन् ।

पैसा उठाउन  पठाउने अर्का अखिलका नेता सुमन  तिमल्सिना भने फरार रहेको अखिल क्रान्तिकारीका नेता नरेन्द्र बिकले जानकारी दिए । एमाले अखिलले मावोवादीको नाममा पैसा उठाउने गरेको सुचना पहिलेदेखि आएपनि  यसअघि  पक्राउ गर्न नसकिएको बताए ।

Comments